सेयर बजारमा फर्कियो उत्साह, नेप्से एकैदिन ५५ दशमलव ७६ अंकले बढ्यो
सेयर बजारमा फर्कियो उत्साह, नेप्से एकैदिन ५५ दशमलव ७६ अंकले बढ्यो
१९ जेठ, काठमाडौं– साताको दोस्रो र तेस्रो दिन ओरालो लागेको सेयर बजारमा आज फेरी हरियाली छाएको छ । दुई दिन दोहोरो अंकले करेक्सन भएको सेयर बजार परिसूचक नेप्सेले आजदेखि फेरी उकालो लाग्न थालेको हो ।
बुधवार बजार परिसूचक नप्से ५५ दशमलव ७६ अंकले बढेको छ । लगातार दुई दिन घटेको बजार आज २ हजार ८ सय २७ दशमलव १२ मा पुगेर बन्द भएको हो ।
यस्तै आज कारोवार रकममा पनि अघिल्ला दुई दिनको तुलनामा सुधार देखिएको छ । मंगलबार करिब ९ अर्बको कारोवार भएको बजारमा आज भने ११ अर्ब बढीको कारोवार भएको छ ।
आज सर्वाधिक कमाइ सर्किट ब्रेकर लाग्ने कम्पनीहरुमा शिवश्री हाइड्रोपावर कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेका छन् भने अन्य कम्पनीको अवस्था पनि अघिल्ला दिनको तुलनामा केही सुधारिएको छ ।
पुनर्बिमा कम्पनीको सेयर रकमका हिसाबले आज उचाइमा रहेको छ। यो कम्पनीको आज १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE