हामीलाई बिदा गर्नुहोस्, नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्नुस् : झलनाथ खनाल
२० जेठ, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताउनु भएको छ । केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गर्नुभएको हो ।
‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्छ,’ नेता खनालले भन्नुभयो । भर्चुअल बैठकमा सहभागी एक नेताको अनुसार आफ्नो पुस्तालाई बिदा गर्न युवाहरुसँग आग्रह गर्नुभएको थियो ।
‘केही काम दिनुहुन्छ भने तयार छौं । तर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु बढ्नुपर्छ,’ खनालको भनाइ रहेको छ । एमाले धार निर्माणका संस्थापक नेता खनालले पटकपटक गरी झण्डै दशक बढी पार्टीको नेतृत्व गर्नुभएको छ ।
२०३९ सालमा खनाल नेकपा मालेका महासचिव बन्नुभएको थियो । फेरि २०६४ पछि खनाल एमालेको अध्यक्ष बन्नुभएको थियो । खनालपछि २०७१ बाट केपी शर्मा ओली एमालेका अध्यक्ष निर्वाचित हुनुभएको हो ।
तर अब आफ्नो पुस्ताको नेताहरु नेतृत्वबाट अलग हुनुपर्ने खनालले प्रस्ताव गर्नुभएको छ । उहाँले ओलीबाट भने कम्युनिष्ट आन्दोलन नबच्ने पनि बताउनुभयो । ‘केपी ओली कम्युनिष्ट नै होइनन् । उहाँबाट आन्दोलन जोगिंदैन,’ खनालले भन्नुभयो ।
एजेण्डामा पार्टी नचलाइएकाले दक्षिणपन्थी प्रवृत्ति हाबी भएर गएको खनालले बताउनुभएको छ । ‘पार्टी एजेण्डामा बाँच्नुपथ्र्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ,’ उहाँले भन्नुयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE