भारतको एक केमिकल फ्याक्ट्रीमा आगलागी, १८ जनाको मृत्यु
२५ जेठ, एजेन्सी – भारतको पुणेस्थित एक केमिकल कारखानामा आगलागी हुँदा ११ जनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।
सोमबार राति कारखानामा आगालागी सुरु भएको र त्यहाँ कार्यरत कामदारको जलेर मृत्यु भएको हो । आगलागीमा जलेको अवस्थामा ११ जनाको शव निकालिएको र अन्य १७ जना वेपत्ता रहेको बताइएको छ ।
भारतीय संचारमाध्यमले स्थानीय अधिकारीहरुलाई उद्दृद्ध गर्दै कारखाना पूर्ण रुपमा नष्ट भएको र वेपत्ताहरु पुरिएको हुनसक्ने आशंका गरेको बताएका छन् । आगलागीको कारण पत्ता लाग्न नसकेको र वेपत्ताको खाजेी कार्य जारी रहेको बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE