Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो’ : भट्टराई

२९ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पनि ओली भाइरस सल्केको बताउनुभएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले दाबी पेश गरेपछि भट्टराईले ट्वीट गर्दै यस्तो बताउनुभएको हो  ।

उहाँले ट्वीटमार्फत् भन्नुभएको छ, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो ।’

अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपर्न आग्रह गर्नुहुदै उहाँले भन्नुभएको छ, ‘सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं ।’

शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्ष र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा गुरुङले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो  ।

प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टाको समय सकिनु केही समयअघि मात्रै गुरुङले दुई दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE