माओवादी केन्द्र रामेछाप, सासंद श्रेष्ठको पहलमा प्रमुख जिल्ला अधिकारी सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
३० जेठ, रामेछाप – नेकपा (माओवादी केन्द्र) रामेछाप र संघीय सासंद श्याम कुमार श्रेष्ठको पहलमा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका अध्यक्ष प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । रामेछापका प्रतिनिधिसभा सांसद एवं माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गइरहेको बेला माओवादी केन्द्रले पहिलो पटक जिल्लाको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको सांसद श्रेष्ठले बताउनुभएको हो ।
माओवादी केन्द्रले सानो ठूलो गरी २५ वटा अक्सिजन सिलिन्डर, ३७ हजार थान मास्क, १ सय ४० थान पिपिई सेट, एक हजार थान एननाइनटिन मास्क, मेडिसिन ४० बक्स र सेनिटाईजर २५५ लि. स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
सासंद श्रेष्ठले जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएको अवस्थामा पार्टीको तर्फबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE