साउन १२ गतेबाट वडा तहका अधिवेशन सुरु गर्दै कांग्रेस
३ असार, काठमाडौं – नेपाली कांग्रेसले आगामी साउन १२ गतेबाट तल्लो तहको अधिवेशन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले साउन १२ बाट वडा तहबाट अधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि कांग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेको थियो ।
वडातहका साथै पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिकामा समेत केही फेरबदल भएको बताइएको छ । लामो समयको महाधिवेशन विवाद पछि कांग्रेसले आगामी भदौ १६गतेदेखि १९ गतेसम्म १४ औं महाधिवेशनका लागि मिति तोकेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE