पाटे बाघको छालासहित दुई पक्राउ
१७ असार, कामठाडौँ – बाँकेमा पाटे बाघको छालासहित दुई जना पक्राउ परेका छन् । बिहीबार बाँके बेजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरस्थित भित्री सडकबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अछाम मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र रामरोसन गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय नन्दु बुढालाई पक्राउ गरेको हो।
उनीहरूको झोला हेर्दा प्रहरीले पाटे बाघको दुई वटा छाला बरामद गरेको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE