Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

दोस्रो पटकको संसद विघटन पनि असंवैधानिक भएको सर्वोच्चको ठहर, प्रतिनिधासभा पुनःस्थापना

दोस्रो पटकको संसद विघटन पनि असंवैधानिक भएको सर्वोच्चको ठहर, प्रतिनिधासभा पुनःस्थापना

२८ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको दोस्रो पटकको संसद विघटन पनि असंवैधानिक भएको ठहर गर्दै सर्वोच्चले संसद पुनःस्थापनाको फैसला गरेको छ ।

आज बसेको संवैधानिक इजलासले संसद विघटनविरुद्धको रिटमा फैसला गर्दै संसद विघटनको बदर गरिदिएको हो ।

यो सँगै प्रतिनिधि सभा पुनःस्थापना हुने भएको छ ।

आजको इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै फैसला सुनाउनुभएको हो ।

फैसला सुनाउँदै जबराले रिट निवेदनको पक्षमा आदेश जारी भएको बताउनुभएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE