Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

जति महंगो भए पनि किनेर जनतालाई खोप दिन्छौँ: प्रधानमन्त्री देउवा

जति महंगो भए पनि किनेर जनतालाई खोप दिन्छौँ: प्रधानमन्त्री देउवा

८ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।’

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५र७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE