“अध्यादेशले लोकतन्त्र कमजोर बनायो” : रावल
३१ भदौ, डोटी – नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताउनुभएको छ । डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् उहाँले भन्नुभयो, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने अवस्था छ । दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुनु हो।’
नेता रावलले पार्टी फुट्नु आफैमा दुःखद भएको बताउँनुहुदै नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्नरगराउन पनि आफूहरू पार्टी नेतृत्वसँ लागि परेको बताउनुभयो ।
सञ्चारकर्मीहरुको जिज्ञासामा उपाध्यक्ष रावलले आफूले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत भएको बताउनुभयो। ‘म छैटौं महाधिवेशनदेखि नै पाटीभित्रको विवाद मिलाउनका लागि क्रियाशील छु’ उहाँले भन्नुभयो ‘मैले जहिले पनि पार्टी फुटाउने नभई एकताका लागि प्रयास गरेको छु ।’ आफू अहिले पनि पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा सक्रिय रहेको छु ।
उहाँले आफूलाई नेकपा (एकीकृत समाजवादी) को विधान मस्यौदा तयार भनी गरिएको प्रचार निराधार रहेको बताउनुभयो । आफूले पार्टी विभाजन नहुने गरी सहमति गरेर जाउँ भनेर नै कार्यदलको नेतृत्व गरेको बताउँदै उहाँले बताउनुभयो, ‘मैले माधव नेपाल कमरेडसँग कुरा गर्दा उहाँले नै सहमति जनाउनु भएको हो, १० बुँदे तयार भइसकेपछि पनि मैले उहाँसंग छलफल गरेरनै हस्ताक्षर गरेको हुँ ।’ १० बुँदे सहमति भइसकेपछि नयाँ पार्टीको बिधान तयार गर्नु पर्ने कुरा कारण छैन ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE