Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

धरानमा अखाद्यवस्तु विक्री वितरण

६ आश्विन,धरान – चाड पर्वहरु नजिकिएसँगै धरानमा म्याद गुज्रिएका, अखाद्य तथा लेवल बिनाका खाद्य तथा पेयपदार्थहरु विक्री वितरण भईरहेको जनगुनासो व्यापक रुपमा बढेको छ । धरान उपमहानगरपालिकामा व्यापक रुपमा जनगुनासो आएको भन्दै आज  एक सुचना जारी गर्दै यस्तो अखाद्यवस्तु बिक्री वितरण नगर्न सरोकारवाला व्यवसायीहरुमा ध्यानाकर्षण गराएको हो ।

बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले दशै तिहार नजिकिएसँगै बजारमा यस्तो अखाद्य वस्तु वितरण हुने गरेको बताउनुभयो । अनुगमनका क्रममा म्याद गुज्रिएका, अखाद्य तथा लेवल बिनाका खाद्य तथा पेयपदार्थहरु भेटिएमा कानुन बमोजिम कारबाही गरिने उहाँले जानकारी दिनुभयो । साथै, उहाँले उपभोक्ताहरुले सामान खरिद गर्दा उपभोग्य मिति, मूल्य, परिमाण तथा मिसावट सबै कुरा हेरेर खरिद गर्न पनि आग्रह गर्नु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE