नेविसंघ महामन्त्री तिमल्सिना वडामै पराजित
६ आश्विन,सिन्धुपाल्चोक – नेविसंघका महामन्त्री बलदेव तिमल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा पराजित हुनुभएको छ। सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा तिमल्सिना क्षेत्रीय प्रतिनिधि उठ्नुभएको थियो। उहाँ सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ बाट उठ्नुभएको थियो। उहाँको पक्षमा जम्मा ७७ मत आयो भने उहाँलाई पराजित गर्नेले सो भन्दा १७ मत बढी ल्याएका थिए।
तिमल्सिना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुनुहुन्छ। उहाँलाई सिटौलाकै पहलमा नेविसंघ महामन्त्रीमा नियुक्त गरिएको थियो। सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य मोहन बस्नेत पक्षधरले अधिकांश स्थानमा वडा र क्षेत्रीय प्रतिनिधि जितेका छन्। बस्नेत शेरबहादुर देउवा निकट हुनुहुन्छ।
रिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री सिटौला पक्षधरका जिल्ला तहका नेताहरू पनि वडामै पराजित हुनुभएको छ। चरम गुटबन्दीले गर्दा जिल्ला सभापति उठ्ने तयारी गरिरहेकाहरू पनि वडामै पराजित हुनुभएको हो। जिल्ला सभापति उठ्ने तयारी गरिरहनुभएका भूपेन्द्रबहादुर थापा वडामै पराजित हुनुभएको छ भने महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपाल पनि क्षेत्रीय प्रतिनिधि बन्न पाउनुभएन। सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पनि वडामै पराजित हुनुभएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE