Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राष्ट्रपति भण्डारीबाट बजेट प्रमाणीकरण

७ अश्विन, काठमाडौं – चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । बजेट पारित नहुँदा सरकारले ९ दिन खर्च गर्न पाएको थिएन ।

गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्नुभएको थियो  ।  उहाँले आर्थिक वर्ष २०७८ र ०७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याउनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE