सिन्धुपाल्चोकमा भूकम्प
१५ आश्विन, काठमाडौँ – शुक्रबार सिन्धुपाल्चोकमा भूकम्प गएको छ । भू–कम्पले सिन्धुपाल्चोकको जेथाललाई केन्द्रबिन्दु बनाएको थियो ।
शुक्रबार दिउँसो १२ बजेर ५४ मिनेटमा गएको भू–कम्प ४ दशमलव २ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प गोरखा भूकम्पको पराकम्प हो ।
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका झण्डै ५ सय ५९ पराकम्प गइसकेका छन् ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE