Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

प्रेम आले पर्यटन र रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै

२२ आश्विन, काठमाडौँ – चार वटा मन्त्रालयसहित सरकारमा जान लागेको नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुँगो लगाएको हो । स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएउनुभएको हो।

नेकपा (एकीकृत समाजवादी) का एक नेताकाअनुसार अध्यक्ष नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आलेलाई पठाउने हुनुभएको छ। त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्रीलाई र सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाउने हुनुभएको हो ।

त्यस्तै, श्रम मन्त्रालयमा भने किसान श्रेष्ठलाई पठाउने निश्चित् भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने हुनुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजनै मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ ।

विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ पनि आज नै राखिएको बालुवाटार स्रोतले जनाएको छ । उता, माओवादी केन्द्रले भने  मन्त्रीहरुको नाम टुँगो लगाईसकेको छ । जनता समाजवादी पार्टी, नेपालले पनि नाम लगभग टुँगो लगाएको भनिएको छ ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE