गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारद्वारा एकल महिला समूहलाई खाद्यान सहयोग
२६ आश्विन, काठमाडौँ – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले मानव अधिकारका लागि महिला एकल महिला समुहलाई खाद्यान सहयोग गरेको छ । दशैँको मुखमा संस्थामा रहेका महिला तथा किशोरीहरुलाई खाद्यान्न अभाव नहोस भनेर टिकटक परिवारद्वारा खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
आइतबार सुमन थापाको नेतृत्वमा गएको मिलिजुली टिकटक परिवारको टोलीले काभ्रेको नमोबुद्ध नगरपालिका १ श्यामपाटिमा रहेको उक्त संस्थामा सहयोग हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक थापाले एकल महिला तथा घरेलु र सामाजिक हिंसामा परेका व्यक्तिलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मानव अधिकारका लागि महिला एकल महिला संस्थाकी अध्यक्ष रामदेवी तामाङले दशैंको मुखमा आफ्नो अभावलाई सम्झेर सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, घरबाट नै पीडित, समाजबाट पीडित महिलालाई न्यायको लागि लड्नको लागि यस सहयोगले थप उर्जा थपेको ।
अर्काको पिँढीमा बसेर सुरुवात गरेको यस संस्थाले अहिले जिल्लाभरिका एकल महिला तथा हिंसा पीडित महिलाहरुको न्यायका लागि लड्नुको साथै पुनःस्थापना केन्द्रको रुपमा समेत काम गर्दै आएको छ ।
गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारले यो संगै ३९ औ कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेकोछ । कार्यक्रममा परिवारका सकृय सदस्यहरु अजय पाण्डे, लक्ष्मी भण्डारी र सुवास श्रेष्ठको उपस्थिति रहेको थियो । खाद्यान्न बितरणको लागि संरक्षक रारा सैन्जुबाट ५ हजार, सल्लाहकार अमृता भट्टराईबाट २ हजार ५ सय, मन थापाबाट ३ हजार, माधव शर्मा बाट २ हजार, ज्ञान बहादुर लामाबाट २ हजार, मिरा के।सि बाट १ हजार, अन्सु राउतबाट १ हजार ५, तेस्तै नारायण न्यौपानेबाट १ हजार, सन्तोष बगालेबाट ५ सय र बिकाश ब्लोनबाट १ हजार १ सय ११ रुपैयाँ सहयोग संकलन भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE