Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नागरिकता विधेयक फिर्ता लिँदै सरकार

२४ असार, काठमाडौं– सरकारले प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिने भएको छ। आज शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

जसका लागि प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। यसअघि
बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा उक्त विधेयक फिर्ता लिने विषयलाई राखिएको थियो। तर, अन्तिम कार्यसूचीमा उक्त विषयलाई राखिएन।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो। उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि २०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेस भएको थियो।

संसद्‌मा पेस भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE