हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिँदै
१ साउन, काठमाडौँ – हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिन थालेका छन्। मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका खुल्न आएको हो।
ठगिएको उजुरी बोकेर आएका महिलाका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। केही सातादेखि आफू ठगिएको महसुस गरेका महिलाहरूको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानले देशका धेरै स्थानमा गिरोहद्वारा महिला प्रलोभनमा परेर ठगिने गरेको सूचना आएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी भन्छन्, ुएकजना महिलाले आफू ठगिएको भन्दै दिएको जाहेरीका आधारमा तीन जना पक्राउ परेका छन्। उनीहरूबाट प्राप्त सूचनाका आधारमा गरिएको अनुसन्धानले धेरै व्यक्ति ठगिने गरेका छन् ।ु आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE