Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

नेपाली चिया रोक्ने भारतको प्रयास, नेपाली व्यवसायी चिन्तित

इलाम –भारतीय संसदको एक समितिले नेपालको चिया गुणस्तरहीन भएको भन्दै आयात रोक्न सिफारिस गरेपछि नेपालमा यसको तरंग पैदा भएको छ ।

उत्पादित तयारी चियाको ९० प्रतिशत निर्यात बजार रहेको भारतमा नेपाली चिया रेक्ने प्रयास भइरहेको भन्दै नेपाली चिया व्यवसायीहरू चिन्तित भएका छन् । नेपालमा उत्पादित चियाको गुणस्तर कमसल भएको र नेपालको चिया मिसाएर विदेश निर्यात गर्दा भारतको चियासमेत सोहीअनुरुपको भएको भन्दै त्यहाँको संसदको एक समितिले नेपाली चिया रोक्न प्रस्ताव गरेको थियो ।

भारतीय बजारम नेपाली चिया गुणस्तरहीन भन्ने हल्ला चलाइएपछि नेपाली चिया व्यवसायीहरू हाल नेपालको चिया बिक्ने र नबिक्ने अन्योलमा छन् । उद्योगी व्यवसायीहरूले भारतले नेपाली चियालाई आरोपमात्र लगाएको भन्दै यसको विरोध गरेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

WRITE COMMENTS FOR THIS ARTICLE