Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

स्वास्थ्यमन्त्री तामाङद्वारा सम्पति विवरण सार्वजनिक, कोरोना कहरबाट नेपालीलाई मुक्त गराउने भनाइ

स्वास्थ्यमन्त्री तामाङद्वारा सम्पति विवरण सार्वजनिक, कोरोना कहरबाट नेपालीलाई मुक्त गराउने भनाइ

२४ जेठ, काठमाडौं– स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले सम्पति विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबार मन्त्री तामाङले सम्पति विवरण सार्वजनिक गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तामाङले आफूले जनप्रतिनिधिको हैसियतमा काम तथा कार्वाहीलाई पारदर्शी तुल्याउन सम्पति विवरण सार्वजनिक गरेको बताउनुभयो । मन्त्रिपरिषद् सदस्यको रुपमा आफूले विवरण सार्वजनि गरेको उहाँको भनाइ थियो ।

संवैधानिक प्रावधानअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

WRITE COMMENTS FOR THIS ARTICLE