सन्दीपले भने- आधारहीन आरोपको सामना गर्न नेपाल फर्किँदैछु
काठमाडौं – नाबालिगलाई बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।
सन्दीपले शुक्रबार बिहान सामाजिक संजाल फेसबुकमार्फत आफू निर्दोष रहेको र आधारहीन आरोपको सामना गर्न नेपाल फर्किने बताएका छन्। सन्दीपले नेपालको कानुनलाई मान्ने उल्लेख गर्दै कानुनले सबैलाई समान रुपले हेर्ने आशा पनि व्यक्त गरेका छन्।
सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो । यस्तै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई निलम्बिन गरिसकेको छ ।
गत मंगलबार उनीविरुद्ध प्रहरी बृत्त गौशालामा एक किशोरीले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी दिएकी थिइन्। क्यारेबियन क्रिकेट लिग खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीले आफूविरुद्ध लागेको उजुरीका विषयमा केही बोलेका थिएनन्। तर शुक्रबार बिहान त्यो मौनतालाई तोड्दै आफूविरुद्ध लागेको आरोपको सामना गर्न नेपाल आउने बताएका हुन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE