टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
काठमाडौं – टीकाको दोस्रो दिन आज बिहीबार पनि टीका लगाउने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ ।
बिहीबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि टाढा रहेका आफन्तकहाँ टीका लगाउने जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ ।
नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।
टीकाअघि काठमाडौं उपत्यका सुनसान रहेपनि आज भने बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ ।
टीकादोस्रो दिनमान्यजन र आफन्त
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE