Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

रेमिट्यान्स र निर्यातको सूचक सुधारिए पनि अर्थतन्त्रको गतिविधि सुस्त

काठमाडौं-आन्तरिक आर्थिक गतिविधि कमजोर रहे पनि रेमिट्यान्स आप्रवाह र निर्यात वृद्धि भएपछि अर्थतन्त्रका अधिकांश सूचक कागजी रूपमा सबल देखिएका छन्। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, चालु खाता तथा शोधनान्तर सबै सूचकमा उच्च सुधार देखिन्छ।

तर, यो सुधारलाई विशेषज्ञले सतही चेतावनी मानिरहेका छन्। पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार आर्थिक गतिविधि सुस्त हुँदा मूल्यमा चाप नपर्नु सकारात्मक होइन, आर्थिक मन्दीको संकेत हो।
उनी भन्छन्, “उत्पादन र रोजगारी कमजोर भएका बेला विदेशी विनिमय सञ्चिति बढ्नु नै अर्थतन्त्र कमजोर मोडमा पुगेको प्रमाण हो।”

मुख्य तथ्यांक
मुद्रास्फीति: १.४७%
विदेशी विनिमय सञ्चिति: २९ खर्ब ७९ अर्ब (१६.४ महिनाको आयात धान्ने)
रेमिट्यान्स वृद्धि: ३५.४% (असोजमा २ खर्ब १ अर्ब)
निर्यात वृद्धि: ८९.६%
आयात वृद्धि: १९.८%
निक्षेप वृद्धि: ३%
निजी क्षेत्रमा कर्जा: १.५% वृद्धि

थापाका अनुसार अर्थतन्त्रमा सुधार उत्पादन, रोजगारी र क्रयशक्ति वृद्धि भएको खण्डमा मात्र दिगो हुन्छ। तर अहिलेका सूचक रेमिट्यान्स र कम खर्चका कारण ‘सञ्चिति बढेको’ देखिए पनि वास्तविक अर्थतन्त्र भने सुस्त नै रहेको उनले बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE