Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

जैमिनी पशु प्रदर्शनीमा नब्बे किलोको बोका प्रथम

बागलुङ – बागलुङको जैमिनि महोत्सवमा भएको पशु प्रदर्शनीमा नब्बे किलोको बोका प्रथम भएको छ । प्रदर्शनीमा ल्याईएका बाख्रा तथा बोकाहरु मध्ये नब्बे किलोको बोका प्रथम भएको हो । जैमिनि ९ पैयुथन्थापको देबि प्रसाद शर्माको बोका ९० किलो आकर्षण भएको आयोजकले बताए । यसै गरि जैमिनि ९ पैयुथन्थापको टंक बहादुर थापा ६५ किलोको बोका पर्दशन गरि दोश्रो र नमुना कृषि तथा पशु फार्म जमिनीको रहेको छनौट समितिका संयोजक चक्रबहादुर थापाले बताए । पशु प्रदर्शनीमा ल्याएका बाख्रा बोकाहरु मध्ये ९० किलोको ठुलो आकर्षक बोका प्रथम हुन सफल भएको आयोजकले जनाएको छ।

प्रदर्शनीले स्थानिय उत्पादमा अभिवृद्धि गराउन मद्धत पुर्याउने बताउनु भयो । कृषिमा पछ्यौटेपन हाबी भएको बेला यस्ताृ प्रदर्शनीहरुले कृ षकहरुलाई पशुपालनमा थप उत्साहित गर्ने सामाजिक अभियान्ता सिताराम थापाको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE