Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

आज देशभर आंशिक देखि सामान्य बदली हुने

काठमाडौँ – आज देशभर आंशिक देखि सामान्य बदली हुने र केहि स्थानमा वर्षा हुने सम्भावना रहेको छ । देशका पहाडि तथा तराईका केही स्थानमा सामान्य भन्दा बढी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल न्यून चापिय रेखा नेपालको तराई भागमा भन्दा केहि तल अवस्थित रहेकाले मनसुनि गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको छ ।

स्थानीय प्रणली भने सक्रिय रहेकाले देशभरी नै वर्षा हुने र रोकीने क्रमा भइरहने र देशको तराई भागमा भने न्यून चापिय रेखाको सामान्य प्रभाव पर्ने हुदा केही स्थानहरुमा भारी बर्षा हुने मौसमविदले जनाएका छन् । हाल देशका सबै जसो स्थानहरुमा सामान्य देखि पूर्ण बदलिको अवस्थामा रहेको छ । पश्चिमी भूभागका थोरै स्थानहरु र मध्य तथा पूर्वी भागका केहि स्थानहरुमा मनसूनी वर्षा भईरहेको मौसमविद मञ्जु बासीले जनकारी दिनुभयो ।

आज राति देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको पूर्वि तथा पश्चिमी क्षेत्रका एक–दुइ स्थानमा भारि वर्षाको सम्भावना रहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE