आजबाट प्यान बिना तलब नपाइने
काठमाडौं – नयाँ आर्थिक बर्ष सुरु भएसँगै आजबाट आयकरको सीमा परिवर्तन भएको छ। जागिरेका लागि आयमा लाग्ने करको सीमा वृद्धि भएको छ । हिजोसम्म एकललाई साढे ३ लाखमाथिको आयमा कर लाग्थ्यो । दम्पतिलाई चार लाख माथिको आयमा कर लाग्थ्यो। आजबाट एकललाई चार लाख र दम्पतिलाई साढे चार लाख रुपैयाँभन्दा माथिको आयमा मात्र कर लाग्छ ।
सरकारले सामाजिक सुरक्षा कोषलाई आजबाट स्वीकृत अवकाश कोषको मान्यता दिएको छ । यसले गर्दा सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमले पनि प्रोभिडेन्ट फण्ड र नागरिक लगानी कोष बराबरकै मान्यता पाएको छ । यो हुँदा निश्चित आयमा कर लाग्दैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE