कञ्चनपुर क्षेत्रका नदीहरुमा खतरा, बाढीको सम्भावना, मनसुनी वायु सक्रिय
कञ्चनपुरको सुन्दरपुर केन्द्रमा पछिल्लो ३ घण्टामा भारी मात्रामा बर्षा भएको र अझै थप बर्षा हुने
काठमाडौँ-हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ । बाढी पूर्वानुमान महाशाखाकाले कञ्चनपुरको सुन्दरपुर केन्द्रमा पछिल्लो ३ घण्टामा भारी मात्रामा बर्षा भएको र अझै थप बर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस क्षत्रमा पर्ने चौधर नदी लगायत कञ्चनपुर भई बग्ने साना तथा ठुला नदीहरुमा खतारा आसपासको बाढी आउन सक्ने सम्भावना रहेको जनाएको छ । विान १० बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेका छ ।
सुदुरपश्चिम प्रदेश, प्रदेश ५ तथा धनुषा, सिराहा, मोरङ, बिराटनगर र यसका आसपासका भूभागमा पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन सहित चट्याङग हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्षत्रमा हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशका अधिकांश भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन सहित चट्याङ पर्न सक्ने र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमन महाशाखाको अनुमान छ ।
आज राति देशका अधिकांश भागमा सामान्य बदली रहने र प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरु तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांस स्थानहरु र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
भोली दिउँसो देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE