Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

दश लाख घुस लिएको अभियोगमा  इञ्जिनीयर  पक्राउ

२० कात्तिक
काठमाडौँ
-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले रु १० लाख  घुस लिएको अभियोगमा  नेपाल  विद्युत् प्राधिकरणका इञ्जिनीयर  ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ ।
 
हेटौँडा–भरतपुर–बर्दघाट  प्रसारण लाइन आयोजनामा कार्यरत  नवौँ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ ।
 
प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले   बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरेको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनीयर जैसवालले रु १० लाख मागेका थिए ।
 
उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो  ।

WRITE COMMENTS FOR THIS ARTICLE