तराईमा बाक्लो हुस्सु, उपत्यकामा आज यो बर्षकै कम तापक्रम
३० मंसिर
काठमाडौँ– आज काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। आज विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस गरिएको छ । मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेको पनि महाशाखाले जनाएको छ ।
अहिले तराईका अधिकांश क्षेत्र र पहाडका एकाध ठाउँमा पनि हुस्सु लागेको छ । मौसम विद्का अनुसार तराईका अधिकांश क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा यो देखिएको छ।
यसैगरी अहिले बिहान ९ साढे ६ बजे गरिएको मापन० काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE