Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघ्‍यो


११ पुष
काठमाडौँ –
कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघेको छ । यो खबर तयार पार्दासम्म ४ लाख ६६ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड १ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।

जसमध्ये ५ करोड ६४ लाख निको भएका छन् भने १७ लाख ५६ हजारको मृत्यु भएको छ ।

अझैपनि २ करोड १९ लाख सक्रिय संक्रमित रहेकामा १ लाख ५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

विश्व समुदाय प्रभावित हुँदा नेपालमासमेत कोरोनाबाट १८ सय १६ जनाले ज्यान गुमाइसकेका छन् । २ लाख ५७ हजार दुई सय संक्रमित रहेको नेपालमा २ लाख ४८ हजार २९२ जनाले भने कोरोना जितेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE