सिंह आयो, सान आएन !
विकासको नाममा
परिवर्तनको बहानामा
समृद्धिको सपनामा
आशाको स्तम्भ हल्लाउँदै
पहिचान आयो, सम्मान आएन ।।
उस्तै रह्यो देश, उस्तै रहे जनता
समृद्ध भयो पार्टी, सुखी भए नेता ।।
आहा ! खुशी भए कार्यकर्ता ।।।
आशा थियो,
शरदको सूर्यझैं
वसन्तको बहारझैँ
नौलो सिर्जनाको
अनि नवीन सुवसनाको
अनन्त स्रोत लिएर
आशाको स्तम्भ ठड्याउदै
परिवर्तनको प्रहर आउनेमा,
समृद्धिको सुनौलो बिहान आउनेमा,
तर त्यो आउदै आएन ।।
केवल,
सिंह आयो, सान आएन
पहिचान आयो, सम्मान आएन ।।
समृद्धिको संसार हेर्ने
सपनाको सुन्दर कोपिला किच्दै
आशा र भरोसाको
कोमल मुना हिङ्स्रक पदचापले किच्दै
जहरिलो हातले थिच्दै
हिङ्स्रक आतंककारी आत्मालाई
सम्मान गर्दै अनि ।।।
उनीहरुको कुपित देहलाई
बिभूषित गर्दै
केवल
सिंह आयो, सान आएन
पहिचान आयो, सम्मान आएन ।।
ओमकुमार श्रेष्ठ
कनकाइ-३, झापा
शिक्षक
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE