‘प्रचण्ड–नेपालसँग सत्ता साझेदारीको सम्भावनै छैन’ : राजेन्द्र महतो
१३ फागुन
काठमाडौं औ जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा प्रचण्ड–नेपाल समूहसँग सत्ता साझेदारीको कुनै सम्भावना नरहेको बताएका छन्। बिहीबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहसँग अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र श्रेष्ठबीचको भेटमा छलफलपछि सत्ता साझेदारीको निर्णय गर्ने भनेपछि महतोले त्यसको प्रतिवाद गर्दै यस्तो बताएका हुन्।
५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको प्रतिगमन सर्वोच्चले सच्चाए पनि संविधान लेख्दादेखिको प्रतिगमन नसच्चिएको महतोले बताएका छन् । उनले भनेका छन्, ‘शेशमा केपी ओलीको प्रतिगमन सच्चियो तर, संविधान लेख्दा कांग्रेस–कम्युनिस्टले जुन प्रतिगमत गरेका थिए त्यो अझै यथावत् नै छ । त्यसो त प्रतिगमनका विरुद्ध लड्ने रेशम चौधरी जेलमा छन्। यस्तो अवस्थामा कसरी सहकार्य हुन्छ ?’
यसकारण प्रतिगमन यथावत राखेर सहकार्य कसरी गर्न सकिन्छ महतोले प्रश्न गरेका छन् । जसपाले उठाएका मुद्दा गम्भीर रहेको र संघर्ष जारी रहेकाले कुनै पनि अवस्थामा सत्ता साझेदारी नहुने उनको भनाई छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE