महामारीमा खटिएका चिकित्सकलाई परीक्षामा निश्चित नम्बर थप्न गगन थापाको आग्रह
१४ जेठ, काठमाडौँ – पूर्वस्वास्थ्य मन्त्री गगन थापाले महामारीको समयमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका पीजीको परीक्षामा सहभागी हुने चिकित्सकलाई महामारीमा काम गरेको आधारमा निश्चित अंक थपिदिन आग्रह गर्नुभएको छ । थापाले आज शुक्रबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई भेटेर यसबारे आग्रह गर्नुभएको हो ।
“चिकित्सा शिक्षा नियमावलीमा महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजिमा आवेदन दिँदा निश्चित अङ्क थप पाउनेु नियम थपिदिनु,” उपाध्यक्षसँग भेट गरेको तस्बिर राख्दै थापाले प्रधानमन्त्रीलाई आग्रह गर्दै फेसबुकमा लेख्नुभएको छ, “सरकारको यो एउटा निर्णयबाट अहिले महामारीको लडाइँमा जनशक्तिको अभावलाई केही कम गर्न ठूलो मद्दत पुग्नेछ,” उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।” यही असारमा पीजीको परीक्षा हुन्छ भन्ने ठानेर पाँच हजारभन्दा बढी चिकित्सक जनशक्ति परीक्षाको तयारी गरेर बसिरहेको उहाँले बताउनुभएको छ ।
अहिले परीक्षा सम्भव नभएकाले विद्यार्थी अलमलमा रहेकाले यसै सन्दर्भमा छिटो निर्णय गर्न चिकित्सा शिक्षा आयोगको उपाध्यक्षलाई भटेर उहाँले यस विषयमा निर्णय लिन आग्रह गर्नुभएको छ। “अबको ४/५ महिना परीक्षा हुँदैन,पछि परीक्षा मिति तोक्दा कम्तीमा ४५ दिनको तयारी समय राखेर तोकिनेछुभनेर निर्णय गरिदिनुस,” उहाँ भन्नुभएको छ,”
यसले अहिले तयारीका लागि वसेका हजारौँ चिकित्सक ढुक्कसंग महामारीको काममा लाग्न सजिलो हुन्छ । ” उहाँले यो निर्णय केही दिनभित्र लागू गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE