Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

तीनकुने-जडीबुटीमा सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड

१५ जेठ, काठमाडौँ – सरकारले काठमाडौंको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।

काठमाडौंमा सबैभन्दा जाम हुने कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिनुभएको छ ।

यस्तै सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ।

सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाने मन्त्री पौडेलले जानकारी दिनुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE