Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

जबरजस्ती करणीको आरोपमा एक पक्राऊ

जबरजस्ती करणीको आरोपमा एक पक्राऊ

१५ असार, काठमाडौं– जबरजस्ती करणी गरेको आरोपमा झापाबाट एक पुरुष पक्राउ परेका छन् ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुद्धशान्ति गाउँपालिका–३ पुलचोक बस्ने राजु थापा भन्ने २४ वर्षीय नुर खानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

खानले ती महिलालाई मेचीनगर नगरपालिका–११ बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाई फकाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE