३४५१ जना निको हुँदा थपिए २२९९ नयाँ संक्रमित
३४५१ जना निको हुँदा थपिए २२९९ नयाँ संक्रमित
१८ असार, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ५ सय ६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३९१ र ४ हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या २९ हजार २ सय ७४ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ४ सय ५१ रहेको छ भने ३४ जनाको मृत्यु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE