Date
शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

नवनियुक्त गृहमन्त्री खाँणले सम्हाले कार्यभार

३० असार, काठमाडौँ – नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । मंगलबार साँझ शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका उनले सिंहदरबार पुगेर आज कार्यभार सम्हालेका हुन् ।

आज नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आफ्नो दल नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गरेका थिए ।

जसमध्ये कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्रीमा नियुक्त भएका थिए । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका थिए । कानुनमन्त्री कार्कीले भने मंगलबार नै कार्यभार सम्हालेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE