Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

अवैध लागूऔषधसहित दुई पक्राउ

अवैध लागूऔषधसहित दुई पक्राउ

३१ असार, काठमाडौं– अवैध लागूऔषधसहित प्रहरीले कञ्चनपुरबाट दुईजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ चवन्नी खल्लाबाट ३ ग्राम ७ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बेदकोट नगरपालिका–२ बस्ने २१ वर्षीय बिजय चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय अजय चौधरी रहेको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका उनीहरुलाई प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि झिलमिलाबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE