Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

बाघ दिवसमा प्रधानमन्त्री

बाघ दिवसमा प्रधानमन्त्री

१४ साउन, काठमाडौं– हाल नेपालमा बाघको संख्या २ सय ३५ रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

विश्व बाघ दिवसका अवसरमा ललितपुरमा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थानको सुरक्षा, चोरी निकासी, गैरकानूनी व्यापार नियन्त्रणका लागि ध्यान दिनुपर्ने बताउनुभयो । बाघलाई संरक्षण गर्न सके नेपालमा पर्यटक वृद्धि हुने र स्थानीयले रोजगारसमेत पाउने प्रधानमन्त्री देउवाकोे भनाइ छ ।

नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने लक्ष्य राखेको थियो । अहिले बाघको संख्या २ सय ३५ पुगिसकेकोछ । कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभयो । नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुझाव दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE