Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने स्वास्थ्यराज्यमन्त्रीको घोषणा

सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने स्वास्थ्यराज्यमन्त्रीको घोषणा

१८ साउन, काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराउनुभएको छ ।

“सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु” उहाँले भन्नुभयो । उहाँले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो व्यक्तिगत सबै व्यावसायिक सङ्लग्नताबाटसमेत अलग हुने निर्णय गर्नुभएको जनाउनुभएको छ । “पदमा रहदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म सङ्लग्न नहुने प्रतिबद्धता सार्वजनिक गर्दछु” उहाँले भन्नुभयो ।

श्रेष्ठ यही साउन १० गते राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE