Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

एमसिसी सम्झौता हामीले गरेका होइन : ओली

२३ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोगी परियोजना (एमसिसी) संसदबाट पारित गर्ने जिम्मा आफूहरूको नभएको बताएका छन्।

बुधबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले एमसिसीबारे एमाले अग्रसर भइराख्नु नपर्ने बताए।

‘हामीले कुनै कुरा छलफलका क्रममा लैजान सक्छौं। एमसिसी अहिले छलफलमा आएको छ। बुद्धिजीवी र दलहरूलाई विचार बनाउन दिऔं,’ ओलीले भने,‘भीम रावलजी डकुमेन्ट पठाउँछु भन्नुभएको छ, अध्ययन गरौं।

एमसिसी सम्झौता हामीले गरेका होइन। पास गर्ने जिम्मा पनि हाम्रो होइन, हाम्रो काँधमा अभिभारा पनि छैन। प्रस्ताव आयो भने छलफल गरेर अघि बढ्छौं।’

ओलीले एमसिसीबारे निर्णय गर्न हतारिनु नपर्ने उल्लेख गरे। यस विषयमा जनताको भावना बुझेर अघि बढ्ने ओलीको भनाइ छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE