हलेसीधाममा पद्मसम्भवको (विग्रह) शिलान्यास
२६ भदौ,दिक्तेल-खोटाङको हलेसीधाममा पद्मसम्भवको मूर्ति शिलान्यास गरिएको छ। हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीलाई धार्मिक पर्यटनका रूपमा प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका र नेपाल बौद्ध महासंको संयुक्त लगानीमा आचार्य गुरु पद्मसम्भवको ६० फिट अग्लो मूर्ति शिलान्यास गरिएको हो।
वडा नं–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा पद्मसम्भवको प्रतिमा स्थापना गर्न नगरप्रमुख इवन राई र नेपाल बौद्ध महासंघ अध्यक्ष आचार्य नुर्बु शेर्पाबीच १८ माघ ०७७ मा भएको १९ बुँदे सम्झौताअनुसार बौद्ध लामा जोपा रिन्पोछेले शनिबार पूजाआजा गर्दै मूर्ति शिलान्यास गरेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए।
पार्क निर्माण गरेर सोभित्र स्थापना गरिने पद्मसम्भवको मूर्ति वरपर ध्वजापताकाका लागि छुट्टै क्षेत्र, स्वागतद्धार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैँचा, मञ्जुश्री क्षेत्रमा गुम्बा, सरोवर, पदमार्गलगायत संरचना निर्माण गरिने जनाइएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE