मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेपछि आपत्तिमा पौडेल पक्ष
७ अश्विन, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षका शीर्ष नेताहरू आज पार्टी केन्द्रीय कार्यालय पुगेर धर्नामा ऐक्यवद्धता जनाउने हुनुभएको छ । सर्लाही कांग्रेसका नेता र कार्यकर्ताले लामो समयदेखि क्रियाशील सदस्यता विवाद मिलाउन धर्ना दिइरहनुभएको छ ।
क्रियाशील सदस्यता विवाद भइरहेका बेला मंगलबार पार्टी कार्यालय सानेपामै सर्लाही बरहथवा नगरपालिका ४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि पार्टीकै नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका, खेलकुद तथा युवा मन्त्री वीरेन्द्रप्रसाद सिंहले हातपात गरेपछि विरोध भइरहेको छ ।
मन्त्री सिंह र वडाध्यक्ष महतोबीच विवादको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । उक्त घटनाको विरोध र क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न पौडेल पक्षले माग गरिरहेको छ । सर्लाही क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता विवाद छ ।
कांग्रेस केन्द्रीय सदस्य अमरेशकुमार सिंहले वरिष्ठ नेता पौडेलसहित नेताहरू आज सानेपा पुग्ने बताउनुभयो । पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइरालालगायत पार्टी कार्यालय पुगेर धर्नामा ऐक्यवद्धता जनाउने पनि उहाँले बताउनुभयो ।
सर्लाहीमा विधि, विधान विपरीत क्रियाशील सदस्यता दिइएको भन्दै सिंहले सांसद पदबाट राजीनामा पनि दिनुभएको थियो । सभापति शेरबहादुर देउवालाई भेटेर उहाँले राजीनामा दिनुभएको थियो तैपनि क्रियाशील विवाद सुल्झिएको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE