Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

५० लाख धरौटी तिरेर रिहा हुने तयारीमा चुडामणि शर्मा

११ आश्विन, काठमाडौँ –विशेष अदालतले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।

सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मा निर्दोष हुन्न सकिने अवस्था नभए पनि उहाँबाट प्रमाण नष्ट हुने अवस्था नदेखिएकाले धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उहाँहरूले कर फर्छ्यौट आयोग रहँदा व्यवसायीहरुलाई जथाभावी छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको दावी अख्तियारले गरेको थियो । विशेष अदालतको आदेशसँगै शर्माले धरौटी तिरेर रिहा हुने तयारी गर्नुभएको छ ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE