Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

डा. रेणुका सोलुको ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक

२९ कार्तिक, काठमाडौं – काठमाडौंस्थित मेगा कलेजको सभा हलमा ‘किन लाग्यो इन्द्रेणी’ गीतको भिडियो रिलिज भएको छ ।

शनिबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ व्यक्तित्व अशेष मल्लको हातबाट भिडियो रिलिज भएको हो ।

डा. रेणुका सोलुको शब्द, आर।सि। थापाको सङ्गीत अनि स्वरुपराजको स्वरमा तयार भएको उक्त गीतको भिडियो रिलिज कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा,डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा,अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत,सञ्चारकर्मी शिखर गजारकोटे,धनवल राई, रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, उमेश पोखरेल, चे शंकर, पुरन ओली,मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्की, लगायतको उपस्थिति थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE