भारतको उत्तर प्रदेशमा आजदेखि दोस्रो चरणको मतदान हुँदै
२ फागुन, एजेन्सी – भारतको उत्तर प्रदेश प्रान्तमामा सोमबार दोस्रो चरणको मतदान हुँदै छ । दोस्रो चरणमा आज सहारनपुर, मुरादाबाद र बरेली डिभिजनका ५५ सिटमा मतदान भइरहेको छ । २०१७ विधानसभा चुनावमा, यी ५५ मध्ये ३८ सीट भाजपाले जितेको थियो। तर, पछिल्लो लोकसभा चुनावमा यहाँका ११ लोकसभा सिटमध्ये ७ विपक्षीले जितेका थिए । पहिलो चरणमा फेब्रुअरी १० मा सहारनपुर डिभिजनका दुई जिल्ला मुजफ्फरनगर र शामलीमा मतदान भएको थियो।
आज सहारनपुर, मुरादाबाद, बिजनौर, अमोरोहा, सम्भल, रामपुर, बदाऊन, बरेली र शाहजहानपुर जिल्लामा मतदान हुँदैछ । दोस्रो चरणमा धेरै सिटमा रोमाञ्चक प्रतिस्पर्धा हुन अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । धेरै राजनीतिक व्यक्तित्वको विश्वसनीयता दाउ रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE