३० मिनेटसम्मका लागि स्थगित भयो राष्ट्रिय सभा बैठक पनि
२३ भदौ,काठमाडौँ-प्रमुख प्रतिपक्ष दल एमालेले अवरुद्ध पारेपछि राष्ट्रिय सभा बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ।बैठक सुरु हुनासाथ राष्ट्रिय सभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए। त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए।
सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल फुटाउने,आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचनासमेत नटाँसेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिए।
उनले लोकतन्त्रको रक्षाका लागि, संविधान र कानुनविरोधी सभामुख सापकोटाको भूमिको रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरु नरहेको धारणासमेत राखे। सचेतक भट्टर्राइले बोलीसक्ने बित्तिकै एमाले संसदहरुले उठेर संसद् बैठक सूचारु हुन दिएनन् ।
अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढ्नुपर्ने भन्दै एमाले सांसदहरुलाई बैठक सञ्चालनमा सहयोग गरिदिन पटक(पटक आग्रह गरे । तर एमाले सांसदहरुले नमानेपछि उनले सो बैठक ३० मिनेटसम्मका लागि स्थगित भएको घोषणा गरे।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE