कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका छन् ।
बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका तथा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न जिल्लामा बागी उम्मेदवारी दिएका नेताहरूको विषयमा छलफल गर्ने तयारी छ।
साथै चुनावी घोषणापत्रका विषयमा पनि छलफल हुने कांग्रेसका एक नेताले बताएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE