रुसी मुक्त शहर खेरसनको भ्रमण गरेपछि के भने जेलेन्स्कीले ?
एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुसी मुक्त गरिएको खेरसन सहरको भ्रमण गरेका छन् । युक्रेनी सेना प्रवेश गरेको केही दिनपछि जेलेन्स्की सो क्षेत्रको भ्रमण गरेका हुन् । रुसी सेनाले गत शुक्रबार खेरसन क्षेत्र छोडेको थियो ।
जेलेन्स्कीले युक्रेनी सेनले खेरसन शहरलाई पुनः कब्जा गरेपछि रूसी कब्जाकर्ताहरूले सयौं नयाँ “युद्ध अपराध“ गरेको प्रमाण फेला पारेको बताएका छन् । मुक्त शहरमा युक्रेनीहरूले राहत व्यक्त गरेका छन् । फेब्रुअरीमा रुसले आक्रमण गरेपछि खेरसन सहर कब्जा हुने पहिलो प्रमुख सहरी क्षेत्र थियो ।
यो क्षेत्र क्रेमलिनले सेप्टेम्बरमा कब्जा भएको घोषणा गरेको चार मध्ये एक शहर हो । यसै बीच, क्रेमलिनले खेरसन अझै पनि रूसको हिस्सा भएको विषयलाई जोड दिन छोडेको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE