Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

१६ साउन, एजेन्सी- जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले […]

ओलम्पिक फुटबल : महिलातर्फको सेमिफाइनल समीकरण पूरा

१५ साउन, एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० मा महिला फुटबलतर्फ सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार भएको क्वाटरफाइनल खेलपछि स्वीडेन, क्यानडा, अष्ट्रेलिया र अमेरिका सेमिफाइनलमा पुगेका छन् । अब सेमिफाइनलमा स्वीडेनले अष्ट्रेलियासँग तथा क्यानडाले अमेरिकासँग खेल्नेछन् । समूह चरणमा स्वीडेन र अष्ट्रेलिया भिड्दा स्वीडेन ४–२ गोलले विजयी भएको थियो । शुक्रबार भएको […]

उपाध्यक्ष नेम्बाङ र दुई पत्रकारमाथि छानबिन माग गर्दै एन्फामा प्रशिक्षक अल्मुताइरीको निवेदन

१४ असोज, काठमाडौं– राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र दुई पत्रकारमाथि छानविन माग गरेका छन् । प्रशिक्षक अल्मुताइरीले एन्फामा निवेदन दिएर छानबिनको माग गरेका हुन् । नेम्वाङले आफूलाई राजीनामा दिन बाध्य पारेको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । […]

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

१४ साउन, एजेन्सी – जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका […]

ओलम्पिक : गौरिकाको राष्ट्रिय कीर्तिमान

१३ साउन, काठमाडौँ – जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । टोकियो एक्वेटिक सेन्टरमा आज भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । एक सय मिटर फ्रिस्टाइलमा उहाँले एक घण्टा ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो […]

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

१२ साउन, एजेन्सी – जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो । जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो […]

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्वारा राजीनामा घोषणा

१० साउन, काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीकाका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको ट्वीट मार्फत बताएका छन् । उनले आफ्नो ट्वीटरमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् ।

टोकियो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

९ साउन, काठमाडौँ – जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । सो क्रममा उहाँले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, […]

प्रतियोगिताका लागि इंग्ल्याण्ड जान सन्दीपलाई भिसाको समस्या

५ साउन, काठमाडौं– भिसामा समस्या आएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको सुरुवाती खेल गुमाउने भएका छन् । सन्दीपले इंग्ल्यान्डमा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका सुरुवाती खेल गुमाउने भएका हुन् । सन्दीप इंग्ल्यान्डमा आयोजना हुने उक्त प्रतियोगितामा ओभल इन्भिन्सिबल क्लबमा आबद्ध छन् । सन्दिपको भिसामा आएको समस्याका कारण […]

एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित

१ साउन, काठमाडौँ – फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल सङ्घले जनाएको छ । उक्त प्रतियोगिता आगामी भदौ […]